राजनीति

राजधानीको फोहर उठाउँदै एमाले युवा संघ

मुलुकको राजधानी काठमाडौंको फोहर व्यवस्थानमा देखिएको फोहरी राजनीतिले उपत्यकाबासी महामारीको चपेटामा पर्ने खतरा बढ्दै गएको छ । फोहर व्यवस्थापनमा एकपछि अर्को सहमति र सम्झौता भए पनि अबरोध कायमै रहँदा सरकारको चर्को आलोचना भैरहेको छ ।

काठमाडौं महानगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने सबै उपाय लगाए पनि सरकारमा रहेका दलहरु नै फोहर व्यवस्थापनमा अबरोध गर्न थालेपछि अहिले तीब्र आलोचना भैरहेको छ ।

यसबीचमा सरकारलाई घच्घच्याउने उद्देश्यले नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंका विभिन्न स्थानमा फोहर संकलन गरेको छ ।

लामो समयसम्म पनि उपत्यकाको फोहर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रुपमा फोहर संकलन गरिएको युवा संघले जनाएको छ ।

युवा संघका अध्यक्ष किरण पौडेलले फोहरले दुर्गन्ध बढेको र विभिन्न रोगको खतरा बढेकाले राज्यलाई झकझकाउन फोहर संकलन कार्य सुरु गरिएको बताउनुभयो ।

उहाँले फोहर संकलन उपत्यकाका विभिन्न स्थानमा निरन्तर चल्ने र फोहर बिसर्जन गर्ने स्थलसम्म पुराईने जानकारी दिंदै फोहर बिसर्जनका बिषयमा यसअघि पनि विवाद भए पनि यसपटक भने यसलाई व्यवस्थापन गर्न महानगर चूकेको जस्तो देखिएको बताउनुभयो ।

पौडेलले सत्तारुढ दलहरुले नै फोहर बिसर्जनमा अवरोध सिर्जना गर्न खोजेकाले सवै समस्याको समाधान राज्यले खोज्नुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.