जन सरोकारस्वास्थ्य

८ सय ८८ जनामा कोरोना सङ्क्रमण, एकजनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । यसै अवधिमा ४ सय ७४ जना सङ्क्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ७ सय ३७ कोरोना परीक्षण गर्दा ८ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार तीन हजार १ सय ५५ पीसीआर परीक्षण गर्दा ४ सय २७ र दुई हजार ५ सय ८२ एन्टिजेन परीक्षण गर्दा ४ सय ६१ जनामा सङ्क्रमण देखिएको हो ।

यसै गरी पछिल्लो २४ घण्टामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँग हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९८९ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.