राजनीति

प्रचण्डलाई आयोगको प्रश्न- गाउँपालिका अध्यक्षले चुनावमा १० करोड खर्च गरेको प्रमाण के हो ?

केही समयअघि सत्ता गठबन्धनका दोस्रो प्रमुख नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान निर्वाचन प्रणाली महंगो भएको र गाउँपालिका अध्यक्षकै लागि १० करोड सम्म खर्च भएको बताउनुभएको थियो ।

उहाँले वडा अध्यक्षकै लागि करोड खर्च हुने र सांसदका लागि त कति हो कति चाहिने भएकाले पैसा नहुनेले चुनाव लड्नै नसक्ने अभिव्यक्ति दिनुभएकोमा निर्वाचन आयोगले यसको आधिकारिकता माग गरेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले चुनावमा करोडौं खर्च हुने भनेर आयोगले तोकेको हदभन्दा बढी खर्च हुने गरेको अभिव्यक्ति दिएको भन्दै सूचना उपलब्ध गराउन पत्र पठाएको छ ।

निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीको नामबाट साउन १० माओवादी पार्टी कार्यालयलाई पत्र पठाइएको थियो । कार्यालयले पत्र बुझ्न नमानेपछि साउन ११ गते हुलाकमार्फत पुनः पत्र पठाइएको आयोगले जनाएको छ ।

आयोगको पत्रमा भनिएको छ, देशको पूर्वप्रधानमन्त्री, सत्तारुढ दलका अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा जिम्मेवार दलको नेताले दिएको अभिव्यक्तिलाई आयोगले गम्भीरताका साथ लिई प्रमाणका रूपमा प्रयोग गर्नसक्ने हुन्छ ।

अध्यक्ष प्रचण्डले गत साउन ९ गते नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ९औं स्मृति दिवस कार्यक्रममा एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गरेर जितेको देखिएको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.