जन सरोकार

श्रीमानले आगो लगाएकी प्रमिलाको मृत्यु, श्रीमान पक्राउ

आफ्नै श्रीमानले आगो लगाएर गम्भीर घाइते हुनुभएकी महोत्तरीको औरही नगरपालिका–८ भोइल टिमकीयाकी प्रमिला सदाको मृत्यु भएको छ ।

श्रीमानले लगाएको आगोबाट शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेर गम्भीर घाइते एकी सदाको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।

४० वर्षीय शंकर सदाले साउन २१ गते राति भंगहा नगरपालिका–९ कञ्चनवनस्थित माइतीमा आमासँगै सुतेकी प्रमिला र सासु रेशमा देवीमाथि मट्टितेल छर्केर आगो लगाएका थिए ।

आगोले जलेर घाइते ६५ वर्षीय सासु रेशमा देवीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । महोत्तरी प्रहरीले श्रीमती र सासुलाई आगो लगाउने शंकर सदालाई नियन्त्रणमा लिएको छ ।

शंकर सदाले वैदेशिक रोजगारीबाट कमाएको सम्पती श्रीमती र सासुले मिलेर सिध्याएको र श्रीमती परपुरुषसँग लागेको भन्दै दुबैलाई आगो लगाई हत्या गर्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताउनुभयो ।

प्रहरी नियन्त्रणमा रहेका शंकरलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रखिएको छ भने ज्यान मार्ने उद्योगअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.