विश्व समाचार

रूश्दीको आक्रमणकारीसँग इरानको सम्बन्ध नरहेको दाबी

इरानले विश्व प्रसिद्ध लेखक सलमान रूश्दीमाथि अमेरिकामा छुरा प्रहार गर्ने आक्रमणकारीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले पत्रकार सम्मेलनमा भारतीय मूलका उपन्यासकार रूश्दीको छुरा प्रहार र इस्लामिक गणतन्त्र इरानबीच कुनै सम्बन्ध नरहेको बताउनुभएको हो ।

आफ्नो पुस्तक ‘द स्याटेनिक भर्सेज’का कारण ज्यान मार्ने धम्की खेपिरहेका रूश्दीलाई गत साता पश्चिमी न्यूयोर्क राज्यमा एक कार्यक्रमस्थलमा छुरा प्रहार गरिएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका कैयौँ नेताले घटनाको निन्दा गर्नुभएको छ ।

सन् १९८१ मा आफ्नो उपन्यास ’मिडनाइट्स चिल्ड्रेन’ बाट चर्चा कमाएका भारतीय मूलका बेलायती उपन्यास तथा निबन्धकार रूश्दीलाई आक्रमणपछि तत्काल हेलिकोप्टरमार्फत अस्पताल लगी उपचार गरिएको थियो ।

सन् १९८८ मा प्रकाशित उनको पुस्तक ’द स्याटानिक भर्सेज’ले मुसलमान समुदाय र प्रोफेट मोहम्मदको अपमान गरेको भन्दै तत्कालीन इरानी नेता अयातुल्ला रुहोल्ला खोमेनीले उहाँविरूद्ध फतवा जारी गरेपछि निजी सुरक्षाका कारण उहाँले लामो समयसम्म भूमिगत जीवन विताउनुभएको थियो ।

शनिबार न्युयोर्क राज्यमा एक साहित्यक कार्यक्रमका क्रममा छुरा प्रहार भएपछि घाइते रूश्दीलाई तत्काल भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । अहिले उहाँलाई भेन्टिलेटरको सहायता बिना नै उपचार भइरहेको र उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.