राजनीति

नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिएको छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बङ्‌गलादेशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालका लागि जनगणतन्त्र बङ्‌गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले राष्ट्रपतिभवन, शीतल निवासमा आइतबार गर्नुभएको शिष्टाचार बिदाइ भेटमा उहाँले सो धारणा राख्नुभएको हो ।

सो अवसरमा राष्ट्रपतिले उहाँलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा बधाई दिँदै नेपाल र बङ्गलादेशलाई प्रकृतिले दिएको स्रोतसाधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने बताउनुभयो ।

एक छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले बङ्‌लादेशसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिएको स्पष्ट गर्नुभयो । यही वर्ष बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धुको सयौंँ वार्षिकोत्सव भएकाले सम्पूर्ण बङ्‌गलादेशी जनतालाई उहाँले बधाई तथा शुभकामना पनि दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.