जन सरोकार

कम्बोडिया पठाइदिन्छु भनि प्रतिव्यक्ति ६ लाख ठगी गर्ने पक्राउ

कम्बोडिया पठाइदिन्छु भनि विभिन्न व्यक्तिहरुसंग मोटो रकम असुल गरी ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका १ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विचारमान समेतका व्यक्तिहरूले भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिने प्रलोभनमा पारी विभिन्न ६ जना पीडितहरूबाट ३९ लाख रुपैयाँ ठगी गरेका थिए ।

रकमम असुल गरेपछि अभियुक्त सम्पर्क विहीन भएपछि परेको उजुरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.