जापान

जापान समुद्रीतटमा दूर्घटनामा परेका प्रविन शेर्पाको निधन

गत शनिबार १३ तारिक जापानको ओईता राज्यको वेप्पु स्थित समुद्रीतटमा माछा मार्न गएका सोलुखुम्बुका ३१ वर्षीय प्रविन शेर्पाको दूर्घटनापछि उपचारका क्रममा मृत्यु भएको छ।

शेर्पासंघ जापानका अध्यक्ष दावा शेर्पाका अनुसार मृतक शेर्पा समुद्रीतटमा दूर्घटना हुन पुगेका थिए। माछा मार्नेक्रममा लडेका शेर्पाको टाउकोमा चोट लागेको थियो। लगत्तै उपचारका लागि स्थानिय अस्पताल लगिएपछि उनको उपचारकै क्रममा मृत्यु भएको जनाएका थिए।

मृतक सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका १ गुर्मिसे ,हाल काठमाडौ सामाखुसी निवासी जाङ्बु शेर्पा र श्रीमती कान्डु शेर्पाको माइला छोरा हुन।

करिव ५ वर्ष अघि विध्यार्थी भिसामा जापान आएका शेर्पा हाल जापानको एक कम्पनिमा कार्यरत थिए। मृतक शेर्पाको शवलाई जापानमा नै अन्त्येष्टी गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.