राजनीति

माओवादीबाट चुनाव लड्ने गौतमको ३ सिटमा दावी

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि नेकपा राष्ट्रिय एकता अभियान खोलेर राजनीतिमा सक्रिय रहनुभएका अभियाका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने हुनुभएको छ ।

गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताउँदै अभियानका लागि प्रतिनिधिसभामा १ र प्रदेशसभामा दुई सिटमा दावी गर्नुभएको छ ।

यसअघि नेसपाका अध्यक्ष डा। बाबुराम भट्टराई पनि माओवादीको चिह्न लिएर निर्वाचनमा भाग लिने सहमति भइसकेको छ ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि वामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय पार्टीले गरिसकेको बताउनुभएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन हुँदा वामदेव गौतम प्रचण्ड खेमामा हुनुहुन्थ्यो । सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएर पूर्ववत अवस्थामा फर्किंदा गौतमले भने दुवै दललाई एकतामा ल्याउन प्रयास जारी गर्ने भन्दै १४ माघ २०७७ मा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गर्नुभएको थियो ।

गौतमले माओवादीको चुनाव चिह्न आफूहरुलाई सहज लागेको बताउँदै यो पार्टी एकीकरण नभई चुनाव चिह्न लिएर निर्वाचनमा मात्र भाग लिन लागेको स्पष्ट गर्नुभएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिह्नमा चुनाव लडेपछि परिणामले सबैभन्दा ठूलो दल जुन हुन्छ, उसैको संसदीय दल अन्तर्गत निर्वाचित जुन प्रतिनिधि रहने व्यवस्था गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.