कला/मनोरन्जनकलिउडजापान

मामा-भाञ्जीको सम्बन्ध झल्काउने गीत ल्याउदै दीपेन्द्र

नेपाली समाजमा मामा भनेको आमाको दोस्रो रुप हो भन्ने मान्यता स्थापित छ । यसै मान्यतालाई आत्मसात गर्दै लामो समयदेखि जापान बसेर नेपाली संस्कृति, गीत, संगीत अनि मौलिक परम्पराबारे कलम चलाइरहेका पोखराका दीपेन्द्र अधिकारीले नयाँ गीत तयार पार्नुभएको छ ।

केही समयअघि ‘मनमोहक पोखरा’ बोलको गीति भिडियो सार्वजिनक गर्नुभएका अधिकारीले यसपटक भने मामा-भाञ्जीको आदर र स्नेहपूर्ण सम्बन्धबारे सन्देशमूलक गीत सार्वजनिक गर्ने तयारीमा रहनुभएको छ ।

अधिकारीले यसपटक आफ्नी सात वर्षीया भाञ्जी आस्थाबाट प्रेरित भएर गीत सिर्जना गरेको बताउँदै मामा-भाञ्जीको सम्बन्ध, पारिवारिक न्यानो माया दर्शाउँदै बालबालिकादेखि अभिभावकहरुमा सामाजिक चेतनाको सन्देश गीतबाट दिन खोजिएको जानकारी दिनुभएको छ।

सामान्यतया गीतहरु युगल जोडीका मायाप्रीतिमा आधारित बढी बन्ने गरेका छन् । यसबाहेक आमा, बुवा, दाजुभाइ, दिदीबहिनी जस्ता निकट सम्बन्धका बारेमा वर्णन गरिएका गीतहरु पनि छन्, तर ती नगण्य मात्रामा पाइन्छ । यस्तोमा अधिकारीले मामा-भाञ्जीबीचको सम्बन्धलाई सुन्दर पाराले बयान गर्दै नयाँ स्वाद र शैलीको गीत तयार पार्नुभएको छ ।

अधिकारीको शब्दलाई वसन्त सापकोटाले संगीतबद्ध गरेको गीतमा बलबहादुर राजबंशी र तेरेसा विश्वकर्माको स्वर रहेको छ भने संगीत संयोजन साहस शाक्यको रहेको छ ।

भदौ ६ गते औपचारिक रुपमा सार्वजनिक गरिने ‘चुलबुल चुलबुल प्यारी भाञ्जी’ बोलको गीतको म्युजिक भिडियोमा महेश खड्का, आस्था पौडेल, नारायण अधिकारी, घनश्याम जोशी, बिमला अधिकारी, स्वराज अधिकारीको अभिनय देख्न सकिन्छ।

गीतमा रेकर्डिस्टका रुपमा दिल सार्की र अजय कार्कीले भूमिका निर्वाह गरेका छन् । एकेस्टिक इन्टरनेशनल नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङमा चन्द्र चौधरीको मेहनत छ।

रोहन नेपालीको निर्देशनमा बनेको म्युजिक भिडियोका लागि शृंगारमा दीपु पौडेल, छायांकन उत्तम हुमागाइँ, पोस्ट प्रोडक्सनको राड स्टुडियो, क्रिएटिभ सपोर्टका काममा प्रकाश सुवेदी, भिडियो सम्पादन को रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.