जापान

नेपालबाटै जापानको पेन्सन पाउन के गर्नुपर्छ ?

के तपाईं जापानमा काम गरिरहनुभएको छ ? यदि हो भने तपाईंले आफ्नो आधारभूत पेन्सन नम्बर सुरक्षित साथ राख्नुपर्दछ । सो नम्बरका आधारमा तपाईले नेपालबाटै जापानको पेन्सन पाउनु हुनेछ ।

आधारभूत पेन्सन नम्बर के हो ?

जापानमा बसोबास गर्न दर्ता भएका र २० वर्ष उमेर पुगेका जुनसुकै राष्ट्रियता भएका व्यक्तिहरुले जापानको राष्ट्रिय वा रोजगार पेन्सनमा (Kokumin Nenkin or Kosei Nenkin) योगदान गर्नुपर्दछ ।

आधारभूत पेन्सन नम्बर, पेन्सन आवृत्त अभिलेखहरुको व्यवस्थापन गर्न प्रयोग गरिन्छ । प्रत्येक व्यक्तिलाई एक आधारभूत पेन्सन नम्बर तोकिएको छ । तपाईंले आधारभूत पेन्सन नम्बर प्राप्त गरेपछि उक्त नम्बर (Kiso Nenkin Bango) सुरक्षित साथ राख्नुपर्दछ ।

आधारभूत पेन्सन नम्बर किन महत्वपूर्ण छ ?

तपाईं नेपाल फर्केपछि आफ्नो पेन्सन फिर्ता दाबी गर्न चाहिने यो महत्वपूर्ण जानकारी हो । यदि तपाईंले आफ्नो पेन्सन नम्बर गुमाउनुभयो भने उक्त नम्बर प्राप्त गर्न निकै कठिन हुनेछ । यो एक व्यक्तिगत जानकारी भएकोले जापान पेन्सन सेवाले तपाईंलाई फोन कल वा ईमेलमार्फत् जानकारी नदिन सक्छ ।

यदि तपाईं जापानमा भौतिकरूपमा उपस्थित हुनुहुन्न भने आधारभूत पेन्सन नम्बर पुन: जारी प्रक्रिया जटिल हुनसक्छ । त्यसैले तपाईँले जापान फर्कनु अघि नम्बर सुरक्षित राख्नु धेरै महत्वपूर्ण हुन्छ ।

मैले आधारभूत पेन्सन नम्बर कहाँ प्राप्त गर्नसक्छु ?

आधारभूत पेन्सन नम्बर पेन्सन हातेपुस्तिका, पेन्सन प्रमाणपत्र, राष्ट्रिय पेन्सन बीमा भुक्तानी फारम र जापान पेन्सन सेवाद्वारा पठाइएका कागजातहरुमा लेखिएको हुन्छ । यो १० अंकको संख्यामा उल्लेख गरिएको हुन्छ र यो ४ अंक र ६ अंकको संयोजन हो ।

यदि तपाईं अप्रिल २०२२ भन्दा अघि जापान प्रवेश गर्नुभयो भने तपाईंसंग नीलो वा सुन्तला रंगको पेन्सन हातेपुस्तिका हुन्छ ।

यदि तपाईं अप्रिल २०२२ पछि जापान प्रवेश गर्नुभयो भने तपाईंसंग एउटा सानो पहेंलो कार्ड हुन्छ जुन तपाईंलाई जापान पेन्सन सेवाद्वारा पत्राचार गरिन्छ ।

नेपाली भाषामा अतिरिक्त जानकारीको लागि कृपया nenkinsewa.com मा जानुहोस् वा ९७७-९८४७६९१६४२ मा फोन कल /भाइबरमार्फत् सम्पर्क गर्नुहोस् ।

अस्वीकरण : यो जानकारी सबैमा /सबैको लागि उपयोगी /लागू नहुन सक्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.