जन सरोकार

रत्न राजमार्गमा राति मोटरसाइकल चलाउन रोक

जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातिको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ । प्रशासन कार्यालय सुर्खेतले सोमबार एक सूचना जारी गर्दै रत्न राजमार्गको सुर्खेत–नेपालगञ्जको कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको हो ।

आइतबार बिहान जङ्गली जनावरको आक्रमणबाट भेरीगङ्गा नगरपालिका–५ गेरवानी सुर्खेतका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको मृत्यु भएको थियो ।

उक्त मृत्युको घटनाले ध्यानाकर्षण भएको बताउँदै प्रशासनले नागरिक सचेतनाका लागि यो सूचना गरिएको कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिनुभयो ।

सोही घटनालाई लिएर त्यहाँका स्थानीयवासीले सोमबार आन्दोलन गर्दा सडक अवरुद्ध भएको थियो । प्रशासनले उक्त अवरुद्ध सडक छ घण्टापछि खुलाएको थियो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनका लागि साना दुई पाङ्ग्रे सवारी साधनलाई रातको अवधिमा सञ्चालन नगर्ने निर्णय गरेको हो ।

त्यसै गरी दिनमा चार पाङ्ग्रे सवारी साधनको अगाडि÷पछाडि सञ्चालन गर्ने र त्यसका लागि सुरक्षा निकायले आ–आफ्ना युनिटहरुलाई निर्देशन दिने निर्णय भएको अधिकृत लामिछाने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.