अर्थ

भारतबाट निरन्तर मूल्य घटेर आउँदा नेपालमा किन घट्दैन ?

साउन महिनायता मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेर आएको छ । तर, नेपाल आयल निगम भने तत्काल मूल्य घटाउन नसकिने अडानमा बसिरहेको छ ।

नेपालले पेट्रोलियम पदार्थ खरीद गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज (अक्टोबर १६) पनि पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले सस्तिएर आएको छ ।

अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ । भारतबाट सस्तिएर आउँदा पनि घाटा रहेको निगमका अधिकारीहरु बताउँछन् । नयाँ मूल्य पछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ मात्र घाटा रहने छ ।

इन्धनको मूल्य लगातार वृद्धि भइरहेका बेला पछिल्लो पटक लगातार तेस्रो पटक घटेर इन्धनको मूल्य प्राप्त भएको हो ।यसअघि दुई पटक घटेको मूल्यमा उपभोक्ता मूल्य नघटाएको भन्दै निगमको आलोचना भएको थियो ।

यसबीच नेपाल आयल निगमले गत आर्थिक वर्षमा अहिलेसम्मकै ठूलो घाटा व्यहोर्नु परेको जनाउँदै तत्काल मूल्य नघट्ने बताएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आर्थिक वर्ष २०७८/७९ मा निगमले ५० अर्ब रुपैयाँ घाटा व्यहोरेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, “निगमको अन्तिम लेखा परीक्षण गर्न बाँकी रहे पनि गत वर्षको घाटा मोटामोटी ५० अर्ब रुपैयाँ पुगेको छ । जसमध्ये १७ अर्ब रुपैयाँ हामीले विभिन्न स्रोत र मौज्दातबाट मिलान गर्‍यौं । बाँकी त बक्यौता र बैंक ऋण नै छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.