अर्थ

पेट्रोलमा मूल्य बढ्दा, डिजेलको भने घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर रु दुईले वृद्धि भएको छ । यसअघि प्रतिलिटर रु १५९ मा बिक्री हुँदै आएको पेट्रोल अब भने प्रतिलिटर रु १६१ कायम गरिएको छ ।

नयाँ खरिद मूल्यअनुसार पेट्रोलका प्रतिलिटर दुई रुपैयाँ ३३पैसा बढेर आएको छ भने डिजेलको मूल्य प्रतिलिटर एक रपैयाँ २७ पैसा घटेर आएको छ ।

शुक्रबार मध्यरात १२ः०० बजेदेखि लागू हुने गरी निगमले तय गरेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६१ र डिजल एवम् मट्टीलेत प्रतिलिटर एक सय ४९ तोकिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.