जन सरोकार

विद्यालयहरुको मूल्यांकनका आधारमा एसईईको परीक्षा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । एक हप्ता पहिला नै सम्पूर्ण तयारी सकिए पनि कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।

बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो ।

परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो । विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए ।

शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार ८२ हजार जनाले फारम भरेकामा चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले चार लाख ८२ हजार ९८६ जना विद्यार्थीले परीक्षाका लागि आवेदन फाराम भरेकोमा चार लाख ७२ हजार ७८ जना विद्यार्थीको प्रमाणिक प्राप्ताङ्क विवरण मात्रै प्राप्त भएको बताउनुभयो ।

उहाँले विद्यालयबाट आएको विद्यार्थीको प्राप्ताङ्कलाई संकलन, रुजु, ग्रेडिङ गरी नतिजा प्रमाणिकरण गरिएको र विद्यार्थीको ग्रेड सिट १५ दिनपछि पाउने बताउनुभयो ।

उहाँले एसईईका विद्यार्थीले बोर्डबाट छाप लागेको ग्रेडसिट (प्रमाणपत्र) १५ दिनपछि पाउने र मंगलबारदेखि प्रमाणपत्र छाप्न सुरु गरिने जानकारी दिनुभयो । कोरोना भाइरसका कारण पछिल्ला समयमा विभिन्न स्थानमा जारी बन्दाबन्दीका कारण विद्यार्थीको हातमा छिटो प्रमाणपत्र पुर्याउन केही कठिनाइ हुने देखिएको उल्लेख गर्नुभयो ।

परीक्षाफल यसरी हेनुहोस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.