राजनीति

गठबन्धन खराब मात्र हैन देशद्रोही हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन खराब मात्र नभएर देशद्रोही भएको आरोप लगाउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो आरोप लगाउनुभएको हो ।

अध्यक्ष ओलीले देशद्रोही हुनुको कारण बताउँदै भन्नुभयो ‘गठबन्धन ! कस्तो नराम्रो । यो देशद्रोही गठबन्धन । एमसीसीलाई चिठी लेख्छ, लेखेको छैन । आइसक्यो । त्यस्तो त होइन, लेखेको थियो भन्छ ।’

उहाँले गठबन्धनको उद्देश्य नेताहरुको जहान र परिवारका लागि भएको पनि आरोप लगाउँदै एमालेको उद्देश्य भने पृथक रहेको ओलीले दावी गर्नुभयो ।

उहाँले नेपाली कांग्रेस गठबन्धनबिना उभिनै नसकिने अवस्थामा पुगेको बताउँदै भन्नुभयो ‘कांग्रेसले प्रजातन्त्र भन्थ्यो, त्यो पनि छोड्यो । प्रजातन्त्र सजातन्त्र सिद्धियो, गठबन्धन मात्रै भन्छ ।’

यसै गरी अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सिध्याउन भनेर हिडेको माओवादी केन्द्रको नाममा केही भन्नु बाँकी नरहेको पनि बताउनुभयो ।

उहाँले माओवादी केन्द्र कम्युनिष्ट सिध्याउन नेपाली कांग्रेसको पछि लागेको बताउादै भन्नुभयो ‘त्यस्तो माओवादीको के कुरा गर्ने ? स्वाँस्वाँ फवाँफवाँ गर्दै कांग्रेसलाई पछ्याएर हिडेको छ ।’

उहाँले थप भन्नुभयो ‘महान जनयुद्ध भन्थ्यो, १७ हजार मरे । कति अंगभंग भए । युद्धमा होमिएका युवाहरु आज कहाँ छ, अपाङ्गहरु कहाँ छन् ?’

ओलीले नेताका आफन्त जाँड खाएर मरे पनि शालिक बनाइएको, तर युद्धमा मारिएकाहरुको नामै नभएको बताउँदै त्यस्तो माओवादीको के कुरा गर्ने भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.