राजनीति

फोहर व्यवस्थापनमा ‘अबरोध हैन हल’ खोज्न गगनको आग्रह

नेपाली कांग्रेसका महामन्त्री तथा सासद गगन कुमार थापाले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा अबरोध हैन समाधानको हल खोज्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

थापाले एक विज्ञप्ति जारी गरी काठमाडौँ फोहोरले अस्तव्यस्त भएको छ। यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना बढेकाले फोहर व्यवस्थापनमा अबरोध नगर्न सिसडोल र बन्चरेडाँडाबासीलाई अनुरोध गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, “सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ ।”

“निश्चय नै यस्तो सुन्दा प्रभावित क्षेत्रका बासिन्दाको मनमा प्रश्न र आक्रोश हुन्छ(हामीसँग भएको सम्झौता कार्यान्वयन कहिले हुन्छ ? केही सम्झौता कामनपाले गरेको छ। महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टिम लागेको छ। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ, त्यसैले यस पटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ। विश्वास गरौँ ।”

विज्ञप्तिमाा थापाले “कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरका विषय छन् । सङ्घीय सरकारको क्षेत्राधिकारभित्र रहेको विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेको छ । यो सम्झौता पुरा गर्ने जिम्मा सरकारको हो र सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो पनि हो भन्नुभएको छ ।

थापाले प्रधानमन्त्रीलाई भेटेर कुराकानी गरेको र सहरी विकास मन्त्री उपत्यका बाहिरबाट आउनासाथ एक छिन नछोडी काम गर्ने बताउँदै केही समय लाग्ला तर सङ्घीय सरकारले तपाईँहरूसँग गरेको सम्झौता पूरा गराएर छाड्नेछौँ, प्रतिबद्धता पूरा गर्नेछौँ, गराउनेछौँ । हामी यस पटक तपाईँलाई निराश बनाउने छैनौँ भन्नुभएको छ ।

त्यस्तै उहाँले नेपाली कांग्रेस पार्टीको तर्फबाट स्थानीय तहको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको जानकारी दिंदै भन्नुभएको छ, पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुल्ला आव्हान गर्न चाहन्छु- “पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस् ।”

त्यस्तै उहाँले अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि यस विषयमा अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्न आव्हान गर्नुभएको छ ।

महामन्त्री थापाले विगतमा भएका सम्झौता कार्यान्वयनमा कहाँ कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गरौँ, सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔँ, सबैले सहयोग गरौँ, समाधान निकाल्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.