कर्पोरेट/पर्यटन

प्रदेश १ सरकारलाई चौधरी फाउण्डेशनले दियो पोर्टेबल भेन्टिलेटर

अघिल्लो साता मात्र सरकारलाई ८ वटा भोन्टिलेटर हस्तान्तरण गरेको चौधरी फाउण्डेशनले मंगलबार प्रदेश १ सरकारलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । मंगलबार विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो ।

भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै संभव नभएकाले सवैको सहाकार्य आवश्यक रहेको बताउनुभयो ।

मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भैरहेको बताउँदै संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धारण गरेको जानकारी दिनुभयो ।

समारोहमा प्रवन्धक रामजी कटुवालले चौधरी फाउण्डेसनले देशभरी ८ वटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिनुभयो । फाउण्डेसनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि एउटा पोर्टेवल भेन्टिलेटर उपलब्ध गराउने जनाएको छ ।

यसअघि फाउन्डेसनले पहिलो, दोस्रो र तेस्रो चरणमा गरी मुलुकभरका ११९ स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा सामग्री, एन९५ मास्कसँगै सरकारलाई १००० थान पीसीआर रिएजेन्ट सहयोग गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.