राजनीति

शीर्ष नेताको सहमतिपछि सिट बाँडफाट हुने

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाटका लागि गठनभएको सत्ता गठबन्धनको कार्यदल महत्वपूर्ण जिम्मेवारी शीर्ष नेतालाई नै दिने भएको छ

बुधबार बसेको कार्यदलको बैठकमा अहिलेसम्म भएका छलफलको विवरण शीर्षस्थ नेतालाई अवगत गराउने र सिट बाँडफाटको टुंगो लगाउने निष्कर्ष निकालिको हो ।

कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जुन जिम्मेवारी कार्यदललाई सुम्पेको छ, त्यो पुरा गर्ने अन्तिम चरणमा पुगेका बताउँदै अहिलेसम्मका छलफलका विवरण शीर्षस्थ नेताहरुलाई अवगत गराउने जानकारी दिनुभयो ।

मन्त्री कार्कीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाटको निर्णयमा पुग्ने सहमतिका साथ बैठक सकिएको जानकारी दिनुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, “विभिन्न मोडालिटीमा छलफल गरेका छौं। तिनै मोडालिटीलाई केन्द्रमा राखेर सिट विभाजनकै कुरा छ, त्यसको निष्कर्षको चरणतर्फ अगाडि बढ्नेछौं ।”

मन्त्री कार्कीले न्यायपूर्ण तरिकाले सिट विभाजन गर्ने विषयमा गठबन्धनका सबै दलको सहमति रहेको बताउँदै मुलुकका निमित्त सकारात्मक छलफल भएको र निष्कर्षका लागि दुई दिन प्रतिक्षा गर्नुपर्ने पनि बताउनुभयो ।

सत्ता गठबन्धनले आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्न साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेको थियो। त्यसयता निरन्तर कार्यदलको बैठक बस्दै आएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट सिटौलासहित महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट डा। वेदुराम भुषाल, प्रमेश हमाल हुनुहुन्छ।

यसैगरी, जनता समाजवादी पार्टीबाट रामसहाय प्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.