राजनीति

कहिले पूर्ण हुन्छ माओवादीको साङ्गठनिक संरचना ?

गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरेको नेकपा (माओवादी केन्द्र)ले अझै पदाधिकारीसहित साङ्गठनिक संरचनाको टुङ्गो लगाउन सकेको छैन ।

पदाधिकारीको चयनका साथै साङ्गठनिक अवस्थालाई पूर्णता दिने भन्दै माओवादी स्थायी समिति बैठक लगातार बसिरहेको छ तर अझै पदाधिकारीले पूर्णता पाउन सकेको छैन ।

महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः चयन गरेको थियो । माओवादीले अर्को बैठकबाट पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो ।

कोरोना सङ्क्रमण बढेको तथा लगत्तै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनु परेकाले पदाधिकारी चयनलगायतका बाँकी काम पूरा गर्न ढिलाइ भएको माओवादीले जनाएको छ ।

पदाधिकारीसँगै अन्य साङ्गठनिक विषय टुङ्ग्याउन बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले सो विषयलाई अन्तिम चरणमा पु¥याएको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । आजको बैठकमा पदाधिकारी टुङ्ग्याउने, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा थप्नुपर्ने केही सदस्यका बारेमा छलफल भएको उहाँले बताउनुभयो ।

“सबै विषयमा विस्तृतमा छलफल भयो, करिब करिब टुङ्गोमा पुगेको छौँ, बिहिबार बस्ने बैठकले पदाधिकारी चयनलगायत विषयले अन्तिमरुप पाउँछ” ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.