राजनीति

प्रतिनिधिसभामा नागरिकता विधेयक आजै पारित गर्ने तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेश गरी आजै पारित गर्ने तयारी रहेको छ ।

प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो प्रस्ताव प्रस्तुत गर्नुहुने हुने संसद्को आजको कार्यसूची रहेको छ ।

नागरिकता, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो ।

सत्ता गठबन्धनले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकमा कमा र रेफ समेत बनदली जस्ताको तस्तै पारित गर्दै राष्ट्रपतिलाई गलत सावित गर्ने तिर्णय गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.