राजनीति

नेकपा (एस)बाट उम्मेदवार हुन पूरा गर्नुपर्छ यस्ता मापदण्ड

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारहरुले ८ वटा मापदण्ड पूरा गर्नुपर्ने भएको छ ।

समाजवादीको सचिवालयको निर्णय अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवार बन्नका निम्ति सम्बन्धित व्यक्ति पार्टीको कार्यदिशा नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको हुनुपर्ने उल्लेख छ।

त्यसै गरी उम्मेदवार हुन विद्रोहमा सक्रिय भूमिका निर्वाह गरेको र पार्टी निर्माणमा योगदान गरेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको र आर्थिक एवं नैतिक आचरण राम्रो रहेको हुनुपर्ने छ।

समाजवादीले सिफारिसमा परेका उम्मेदवार जनतामा स्थापित एवं लोकप्रिय हुनुपर्ने मापदण्ड तोकेको छ। चुनाव लड्नका निम्ति स्वच्छ छवि र सुशासनको पक्षपाती हुनुपर्ने मापदण्ड तोकेको छ।

त्यसै गरी समाजवादीले उम्मेदवारको कार्यक्षमताको पनि मूल्यांकन गर्ने र उम्मेदवार छनौट गर्दा समावेशी समानुपातिक आधारमा गरिने समाजवादीको निर्णय छ।

पार्टीले संसदीय निर्वाचनका निम्ति भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने भएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि एकीकृत समाजवादी पार्टीले ८ वटा मापदण्ड तोकेको छ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले भदौ १० गतेभित्र जिल्ला कमिटीमा उम्मेदवार सिफारिस गर्नुपर्नेछ। यस्तै जिल्ला कमिटीमा प्राप्त सिफारिसका आधारमा प्रदेश कमिटीमा १२ गतेभित्र सूची पठाउन समाजवादीले भनेको छ ।

प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस पठाउनुपर्ने छ भने केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको टुंगो लगाउने समाजवादीको सचिवालयको निर्णय छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.