राजनीति

नागरिकता विधेयक- टाउको गनेर पारित भए गम्भीर परिणाम

राष्ट्रपति विद्यादेवी भण्डारीले बुँदागत रुपमा असहमति राख्नै प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयकलाई जस्ताको तस्ते पारित गर्ने सत्ता गठबन्धनको निर्णयलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कडा आपत्ति जनाएको छ ।

बिहिबार विधेयकमाथिको छलफलमा भाग लिंदै पूर्व परराष्ट्रमन्त्री तथा एमाले सांसद प्रदीप ज्ञवालीले जनमत विभाजित नगर्न आग्रह गर्दै राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै टाउकोको गन्तिका आधारमा निर्णय गरे यसको दुश्परिणाम राम्रो नहुने चेतावनी दिनुभयो ।

एमाले उपमहासचिव समेत रहनुभएका ज्ञवालीले सत्तासँग बहुमत भए पनि यो ‘हेड काउन्ट’ गर्ने विषय नभएको भन्दै यस्तो संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजन गर्ने काम गर्नु उचित नहुने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, हामीलाई अहिले एउटा अवसर प्राप्त भएको छ । छिटोभन्दा छिटो यो टुंग्याउनु जरूरी छ । यसमा प्रमुख प्रतिपक्ष दल रचनात्मक ढंगाले सहयोग गर्न तयार छ। तर यसलाई जबरजस्ती गरेर टाउकाको गन्ती गरेर यसको आधारमा गरियो भने यसका परिणाम र दुश्परिणामहरू राम्रो हुँदैनन्।

उहाँले जबरजस्ती र जिद्दी तरिकाले नागरिकता विधेयक अगाडि बढाएमा समाज विभाजित हुने र यसले गम्भीर रूप लिनेतर्फ सचेत गराउँदै संसद नियमावलीको दफा १११ को उपदफा १०७ अनुसार सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने पनि माग गर्नुभयो ।

ज्ञवालीले राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने र हेड काउन्ट होइन । साझा निष्कर्ष निकाल्ने गरी अवसरको रूपमा लिइनुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.