जल/वातावरण

सैनीबजारको बस्ती नदीले बगायो : चारजनाको शव फेला, १५ भन्दा बढी सम्पर्कविहीन

अछामको रामरोशन गाउँपालिकाको सान्तडा ३ स्थित सैनीबजारको बस्ती कैलाश खोलाले बगाएको छ । मंगलबार मध्यरातमा कैलाश खोलाले सैनी बजारका घर बगाउँदा चारजनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढी सम्पर्क विहीन भएका छन् ।

प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याले चारजनाको शव प्राप्त भएको छ र १५ जना सम्पर्कविहीन भएको जानकारी दिनुभयो ।

घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन नसकेको प्रजिअ उपाध्यायले बताउनुभयो । सञ्चार र सडक अवरोधका कारण मानवीय भौतिक र अन्य क्षतिको विवरण संकलन र उद्दारमा समस्या भइरहेको बताइको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.