खेलविविध

नेपाल एकीकरण पदमार्गको संरक्षण गर्न म्याराथन

नेपाल एकीकरणको ऐतिहासिक महत्व बोकेका पदमार्गको सरंक्षण, प्रवद्र्धन र प्रचार–प्रसारका लागि ‘लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबार म्याराथन दौड प्रतियोगिता’ २०७९ हुने भएको छ ।

गोरखाका तीन स्थानीय तह र नेपाली सेनाको रिपुमद्र्धन गणको संयुक्त आयोजनामा ४० किलोमिटरको दौड प्रतियोगिता आयोजना गरिने गोरखा नगरपालिकामा नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी तत्कालीन राजा द्रव्य शाहले गोरखा राज्याभिषेक गरेको दिनको अवसर पारेर यही भदौ २५ गते गोरखामा दौड प्रतियोगिताको आयोजना गरेको जानकारी दिइएको हो ।

नेपाल एकीकरणको उद्गमथलोका रूपमा रहेका ऐतिहासिकस्थलको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको उहाँको भनाइ छ ।

जिल्लाभित्रका तीन स्थानीय तहमा पर्ने ऐतिहासिक महत्व बोकेका स्थललाई जोडेर दौडका लागि रुट तय गरेको सेनानी प्रकाश परियारले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेदेखि १०औँ स्थानसम्मका विजेतालार्ई नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ५० हजार पुरस्कार पाउने छन् । द्वितीय र तृतीयले क्रमशः रु एक लाख र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब र १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

नेपाली सेनाको पहलमा विसं २०७६ देखि सुरु भएको प्रतियोगिता हरेक वर्ष गर्ने भनिएको भए पनि कोभिडका कारण गएको दुई वर्ष सञ्चालन हुनसकेको थिएन । दौड प्रतियोगिता हुने ऐतिहासिक रुटलाई पदमार्गका रूपमा विकास गर्ने योजना रहेको सिरानचोक गाउँपालिका प्रमुख ज्ञानेन्द्र गुरुङको भनाइ छ ।

प्रतियोगितामा करिब तीन सय खेलाडी सहभागी हुने अनुमान छ । सहभागिताका लागि अनलाइनमार्फत फारम दर्ता गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.