राजनीति

५० वर्षअघिको टेक्निकबाट चुनाव जितिंदैन : बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले अब कसैलाई असफल बनाएर, कसैको बिरोध मात्रै गरेर चुनाव जित्न नसकिने बताउँदै जसले राम्रो काम गर्छ त्यसैले चुनाव जित्ने बताउनुभएको छ ।

काठमाडौंको फोहरमैला व्यवस्थापनमा सत्ता गठबन्धनबाट भैरहेको अबरोध र सरकारले देखाएको उदासिनताप्रति कटाक्ष गर्दै मेयर साहले अब ५० वर्षअघिको टेक्सिनकबाट चुनाव जित्न नसकिने बताउनुभएको हो ।

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा दलहरु लागिरहेका बेला मेयर साहले सत्ता गठबन्धनले काठमाडौंको फोहर व्यवस्थापनमा सरकारले सहयोग गरे जनताले भोट दिने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो अब आलोचना र असहयोगको प्रतिस्पर्धा हैन सहयोग र विकासमा प्रतिस्पर्धा गर्न सुझाव दिंदै काठमाडौको फोहर व्यवस्थापनमा सरकार र सत्ता गबठन्धनले सहयोग गरेर दीर्घकालीन समाधान निस्किए त्यसको जस उहाँहरुलाई नै जाने पनि बताउनुभयो ।

काठमाडौंको फोहरका विषयमा महानगरलाई मात्र एकोहोरो आलोचना गरिरहेका विषयमा कुरा गर्दै मेयर साहले यहाँ आउने फोहर काठमाडौंको मात्रै नभएर तीनवटै जिल्लाकाा नगरपालिकाहरुको पनि भएको पनि स्मरण गराउनुभयो ।

फोहर व्यवस्थापनमा अब सहजीकरण भएको र अबको केही समयमा काठमाडां फोहररहित हुने दावी गर्दै मेयर साहले सिसडोल र बञ्चलृडाँडाबासीका माग र भौतिक पूर्वाधारको काम सरकारले गर्नुपर्ने पुनः स्मरण गराउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.