कला/मनोरन्जनकलिउड

प्रेमगीत ३ को हिन्दी र नेपालीमा दोस्रो टिजर (भिडियोसहित)

बहुप्रतिक्षित नेपाली चलचित्र प्रेमगीत ३ यतिबेला नेपालमा मात्र नभएर भारतमा पनि चर्चाको शिखरमा छ । विशेष गरी हिमाली दृश्यहरुले भारतीयलाई लोभ्याइरहेको छ ।

भारतका ठूला स्टारकाा चलचित्रहरुले पानी पिउन नपाइरहेको तर दक्षिण भारतीय चलचित्रले हिन्दी बजार पिटिरहेका बेला हिन्दी भाषामा डब गरिएको प्रेमगीत ३ लाई सोही श्रेणीमा राखेर हेर्न थालिएको छ ।

केही समयअघि हिन्दी भाषाको पहिलो टिजर सार्वजनिक गरिएको थियो । सो टिजरलाई लिएर निकै चर्चा पनि भयो भने अब हिन्दी र नेपाली भाषाको दोस्रो टिजर सार्वजनिक गरिएको छ ।

कोरोना संक्रमणका कारण समयमा प्रदर्शन गर्न नसकिएको ‘प्रेमगीत ३ लाई अन्ततः कोरोना नै बरदान सावित भयो । हिन्दी भाषामा समेत प्रदर्शन गर्ने अवसर मिल्यो ।

चलचित्र असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने छ । ओएसआर डिजिटलबाट नेपाली भाषामा र स्पार्कलिन स्टुडिओबाट हिन्दी भाषामा आज टिजर सार्वजनिक भएको छ।

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको प्रेमगीत ३ नेपाली र हिन्दमा एकसाथ प्रदर्शन हुन लागेको पहिलो नेपाली चलचित्र हुनेछ । भारतमा प्रेमगीत ३ लाई जी म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

नेपाली टिजर

हिन्दी टिजर

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.