जापान

४ लाख ८२ हजारको परीक्षण गर्दा २ लाख ५५ हजार संक्रमित

देशभर एकै दिनमा २ सय ८७ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या २१ लाख ५२ हजार

जापानमा कोरोना भाइरस संक्रमणको गति तीब्र रुपमा बढिरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा ४ लाख ८२ हजारको परीक्षण गर्दा २ लाख ५५ हजार संक्रमित फेला परेका छन्।

जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ लाख ८२ हजार २ सय २७ जनामा परिक्षण गर्दा २ लाख ५५ हजार पाँच सय ४२ जना संक्रमित फेला परेका हुन्।

यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घन्टामा जापानमा २ लाख ४४ हजार २४१ जना संक्रमणमुक्त भएका छन् ।

त्यसै गरी कोभिडका कारण देशभर एकै दिनमा २ सय ८७ जनाको मृत्यु भएको छ । टोकियो महानगरमा मात्र बिहिबार २७ हजार ४ सय ५३ नयाँ सङ्क्रमित थपिएका छन् ।

जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड १९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैय्या पाउन कठिन भएको बताएका छन् ।

हाल जापानमा सक्रिय संक्रमितको संख्या २१ लाख ५२ हजार ३३६ जना छन्। जापानमा हालसम्म ३५९२७ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.