राजनीति

एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएर गठबन्धन

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएका दलबीच गठबन्धन भएकाले त्यसलाई परास्त गरी विजयका लागि सक्रिय हुन पार्टी पङ्तिलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार नेपाल यातायात स्वतन्त्र मुजदुर संगठन ई–रिक्सा दमक नगर समितिको तेस्रो नगर अधिवेशनको शुक्रबार यहाँ उद्घाटन गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो “अहिले सबै मिलेर हामी विरुद्ध लागेका भए पनि समृद्ध नेपाल, सुखी नेपाली औद्योगिक तथा ब्यवसायको क्षेत्र, सेवाको क्षेत्र, पुर्वधार विकासको क्षेत्र, मानवीय स्रोत विकास, रोजगारीको विकासका लागि आफू लागेको उहाँले बताउनुभयो ।

आगामी निर्वाचनमा जनताले एमालेलाई बहुमत प्रदान गर्ने पनि ओलीले दाबी गर्नुभयो । विकास र सम्बृद्धि तथा जनताको जिवनस्तर उकास्ने किसिमको स्पष्ट योजना एमालेसँग भएको बताउनुभयो ।

परिवर्तनका लागि आन्दोलन जारी रहने पनि उहाँको भनाइ छ । ओली दूई दिन अघिदेखि गृह जिल्ला झापामा बिभिन्न चुनावी सभा तथा कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.