राजनीति

राष्ट्रकवि घिमिरेको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसले नेपाली साहित्यका एक अथक साधक राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ती जारी गरी घिमिरेको १०१ वर्षको उमेरमा भदौ २ गते आफ्नै निवास लैनचौरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

कांग्रेस

“राष्ट्रकविले नेपाली साहित्यमा थुप्रै कृति छाडेर जानुभएको छ, उहाँको निधनबाट राष्ट्रले साहित्य क्षेत्रको एक धरोहरलाई गुमाउनुका साथै साहित्य क्षेत्रमा अपुरणीय क्षति पुगेको छ,”–विज्ञप्तीमा भनिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले पनि राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

“नेपाली साहित्यका एक सम्मानित व्यक्तित्व घिमिरेको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ, साहित्य कृतिको क्षेत्रमा रहेर यसको श्रीवृद्धिमा घिमिरेले पु¥याएको योगदान कसैले बिर्सन सक्दैनन्,”–सभापति देउवाले भन्नुभएको छ ।

स्वर्गीय घिमिरेले नेपाली साहित्यका माध्यामबाट समाज परिवर्तनमा खेलेको भूमिका चीरकालसम्म अमर रहने देउवाको भनाइ छ । उहाँले घिमिरेको निधनसँगै राज्यले एक कुशल साहित्यकार गुमाएको बताउनुभएको छ । सभापति देउवाले घिमिरेप्रति हृदयदेखि श्रद्धाञ्जलि व्यक्त गर्दै मृतक आत्माको चीरशान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.