अज्ञात समूहबाट मन्दिरका पुजारीको गोली हानी हत्या
रौतहटमा बुधबार राति एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको बुधवार राति सबा ९ बजे कन्चटमा गोली हानी हत्या गरिएको हो ।
मन्दिर परिसरमा खाना खाइरहेको अवस्थामा पुजारी साहलाई अज्ञात व्यक्तिको समुहले गोली हानी फरार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले गोली प्रहारबाट पुजारी साहको घटनास्थलमै मृत्यु भएको बताउनुभएको छ ।
गोली प्रहार गर्ने समुहको पहिचान नभएको र उनीहरु फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक महतोले बताउनुभयो । गोली कस्ले र किन चलाएको भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्ने उहाँले बताउनुभयो ।
लास पोष्टमार्टमका लागि राति नै जिल्ला अस्पताल गौर पठाइएको र घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्