जन सरोकार

निषेधाज्ञाको पहिलो दिन नै १ हजार १ सय ७० जनालाई कारबाही

बुधबार मध्यरातदेखि उपत्यकाका तीनवटै प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको अभियोगमा बिहिबार मध्यान्हसम्म एक हजार १७० जना कारबाहीमा परेका छन् । निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई दुई घन्टा सडकमा होल्ड गराएर छाडिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरबाट निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा उनीहरुलाई कारबाही गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार उनीहरुलाई दुई घन्टा सडकमा होल्ड गराएर छाडिएको बताउँदै सवारीसाधनको हकमा स्क्रिनिङ गरेर चित्तबुझ्दो जवाफ नआए कानुनी कारबाही पनि हुने बताउनुभयो ।

बिहीबारबाट प्रशासनले उपत्यकाका तीन जिल्लामा साता व्यापी निषेधाज्ञा लागू गरेको छ । पहिलो दिनमा विना काम निस्किएका ४१५ वटा दुई पांग्रे र एक सय ७९ वटा चार पांग्रे सवारीसाधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.