जल/वातावरण
२४ घण्टामा थपिए ७ सय ७ संक्रमित, ६ जनाको मृत्यु : उपत्यकामा २०० जना थप

नेपालमा बिहिबार ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन् भने विगत २४ घण्टामा थप छ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौं उपत्यकामा मात्र २ सय जना थपिएका छन् ।
काठमाडौंका १ सय ७४ जना, ललितपुरका १८ र भक्तपुरका आठ गरी उपत्यकामा २०० जना थपिएका हुन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कसल संक्रमितहरूको संख्या २९ हजार ६ सय ४५ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरि ११ हजार ५ सय ५५ जनामा सक्रिय संक्रमण भएको र तीमध्ये ३ हजार ७ सय ७२ जना घरमै र बाँकी ८ हजार ८३ जना संस्थागत आइसोलेशनमा रहेका छन् । अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन् ।
प्रतिक्रिया राख्नुहोस्