जन सरोकार

आफ्नै श्रीमती बलात्कार गर्ने श्रीमान पक्राउ

काठमाडौंमा एक युवकलाई आफ्नै श्रीमती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने युवक मकवानपुर घर भई काठमाडौंको वानेश्वरमा बस्दै आएका थिए ।

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

समाचार अनुसार मकवानपुरको थाहा नगरपालिका ७ घर भएकी महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि ती युवा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा अनामनगरबाट पक्राउ गरेको हो ।

आरोपित पतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले साउन १७ मा पक्राउ अनुमति दिएको थियो । बागबजारमा आफूलाई बलात्कार गरेको पत्नीको आरोप छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.