राजनीति

नेता गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै

नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित हुनुहुन्छ ।

सामाजिक सञ्जालहरुमा उहाँको निधनकाे समाचार बाहिरिएपछि गिरिका स्वकीय सचिव मन्दिप भारतीले उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिनुभयो ।

यसबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सदस्य एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

सभामुख सापकोटाले आज ट्वीटमार्फत विहिबार साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गर्दै सघन उपचारमा रहनुभएका उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.