जन सरोकार

अरुणोदयमा पूर्व विद्यार्थी समाजको सहकार्यमा वृक्षरोपण (फोटोहरुसहित)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थित आरुबारीमा रहेको अरुणोदय माध्यमिक विद्यालयको नयाँ भवन परिसरमा वृहद वृक्षरोपण गरिएको छ ।

विद्यालयको उच्च माध्यमिक शिक्षा अन्तर्गत विज्ञान, इञ्जिनियरिङ लगायतका प्राविधिक विषय अध्यापन हुँदै आएको नयाँ भवन परिसरमा विभिन्न प्रजातिका बहुउपयोगी बिरुवाहरु रोपण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपालको सभापति तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष राजिव थापा, वडा सदस्य लक्ष्मी गुरुङको विशेष उपस्थितिमा सम्पन्न वृक्षरोपण कार्यक्रममा शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी लगायत विद्यालयको ग्रिन आर्मीको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा अरुणोदय पूर्व विद्यार्थी समाजका अध्यक्ष त्रिलोचन पौड्याल, उपाध्यक्ष रुपक थापा, सचिव यादव देवकोटा लगायत सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.