राजनीति

राष्ट्रपति भण्डारी अस्पताल पुगेर गिरीको स्वास्थ्य लाभको कामना

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका बौद्धिक नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

शनिबार ललितपुरको मेडिसिटी अस्पताल पुगी राष्ट्रपति भण्डारीले नेता गिरीको उपचारबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

शुक्रबारबाट नेता गिरीको स्वास्थ्य थप जटिल बनेको खबर सार्वजनिक भएपछि राष्ट्रपति भण्डारी अस्पतालमा पुग्नुभएको हो । राष्ट्रपति भण्डारीले नेता गिरीका परिवारका सदस्यसँग पनि भेट गरी धैर्य राख्न आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले चिकित्सकहरूसँग भेट गरी नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको र शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको जानकारी राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो ।

राष्ट्रपति भण्डारी अस्पताल पुग्नु हुँदा काँग्रेस नेता विनोद चौधरी तथा अस्पतालका सञ्चालक उपेन्द्र महतो त्यहाँ उपस्थित हुनुहुन्थ्यो । क्यान्सर रोगबाट पीडित गिरीको केही दिन अघिदेखि सघन उपचार कक्ष (आइसियु)को भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.