राजनीति

राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक मात्र बन्न पाउने व्यवस्था हुनुपर्ने

मुलुकमा एकै व्यक्ति आधादर्जन पटक प्रधानमन्त्री, मन्त्री र सांसद भैरहने गर्दा नयाँ पुस्ताले राजनीतिक नेतृत्व नै नपाउने अवस्था आएको छ ।

यसबीचमा सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राज्य संचालनका लागि निश्चित अवधि तोक्नुपर्ने बताउनुभएको छ ।

उहाँले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटकसम्म, मन्त्री तीन पटकसम्म मन्त्री र सांसद चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राख्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा महामन्त्री शर्माले राजनीतिलाई सिंहदरवारबाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरवार छिर्ने अधिकार पटक पटक दिन नहुने बताउँदै सो धारणा राख्नुभएको हो ।

हाँले भन्नुभयो, ‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गरिनुपर्छ । राजनीतिलाई रुपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरवारबाटै हुुनुपर्छ ।’

महामन्त्री शर्माले युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको पनि बताउनुभयो । जनताको सेवाको कामलाई सहज बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता पनि उहाँले औंल्याउनु भयो ।

त्यसै गरी महामन्त्री शर्माले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने बताउँर्दै दलहरुले आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गर्नुपर्छ, गालीगलौज होइन भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.