राजनीति

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर

नेपाली कांग्रेसले नेता तथा समाजवादी चिन्तक तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ ।

कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताउनुभएको हो ।

“कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ”, संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेस संसदीय दलले नेता गिरिको स्वास्थ्य लाभको प्रार्थनासमेत गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.