खेल

राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भए अघिल्लो वर्षको तलब

nepal cricket

nepal cricket

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनको अवस्थामा रहेका बेला राष्ट्रिय क्रिकेट खेलाडीको तलब व्यहोर्दैआएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)बाट सन् २०१९ को तलब दिलाउन क्यानले प्रक्रिया अघि बढाएको छ । क्यानले २०१९ को तलब प्रदान गर्नका लागि २२ क्रिकेटर र भिडियो विश्लेषक रमन सिवाकोटीको नाम आइसिसी पठाएको हो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले २०१९ मा क्यान निलम्बनको अवस्थामा रहेको हुनाले सो अवधिको तलब आइसिसीले प्रदान गर्नेछ । त्यसका लागि क्यानले तलब पाउने सबै क्रिकेटसँग एक वर्षको सम्झौता गरेर आइसिसीलाई कागजात पठाएको बताउनुभयो ।

यसअघि आइसिसीले २०७५ माघमा २१ जना राष्ट्रिय क्रिकेटरलाई सन् २०१७ र १८ को तलब उपलब्ध गराएको थियो। यसपटक २२ जना क्रिकेटरको नाम पठाउनु भनेकोले क्यानले राजु रिजालको नाम थप गरेर पठाइएको हो ।

सन् २०१७ र १८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको थियो। आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका लागि रु २५ हजार र सी श्रेणीका खेलाडीलाई रु १५ हजार मासिक तलब उपलब्ध गराएको थियो ।

सन् २०२० को तलब भने क्यानले नै दिनेछ । त्यसका लागि क्यानले पुरुष र महिला क्रिकेटरसँग छिट्टै सम्झौता गर्ने जनाएको छ ।

क्यानले ‘ए’ श्रेणीमा रहेका पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने । ‘बी’ श्रेणीका आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललितनारयण राजवंशी र शक्ति गौचन तथा ‘सी’ श्रेणीका सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनिल धमला, सुसन भारी, प्रदीप ऐरी र विनोद भण्डारी र थप  राजु रिजालको नाम पठाएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.