जल/वातावरण
उपत्यकामा १ सय ८२ सहित देशभर थपिए ८ सय ३८ : कुल संख्या ३० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भएको परीक्षणबाट शुक्रबार थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएसंगै हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमा ५४६ पुरुष छन् भने २ सय ९२ महिला छन् ।
यसै गरी काठमाडौं उपत्यकामा १ सय ८२ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना रहेका छन् ।
त्यस्तै विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन् । यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ । aत्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्