जन सरोकार
शुक्रबार मात्रै कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या १ सय ३७

नेपालमा शुक्रबारसम्म कोरोना संक्रमणबाट १ सय ३७ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै थप ११ जनाको मृत्युको पुष्टि भएसंगै मृतकको संख्या १ सय ३७ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घन्टामा हुनेमा १ जना महिला र १० जना पुरुष रहेको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको हो ।
मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर र प्युठानका १ –१ जना पुरुष र दोलखाकी एक महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्