क्रिकेटखेल

ओमान सिरिजका लागि १७ सदस्यीय टोलीको घोषणा

अर्को महिना ओमानमा हुने विश्व लिग-२ त्रिदेशीय सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने नेपाल, ओमान र अमेरिका सम्मिलित टोलीमा नयाँ खेलाडीको पनि प्रवेश भएको छ । यसपटक नयाँ खेलाडी गुल्शन झा र रोहित पोडेलले पुनरागमन गरेका छन् ।

आउँदो मंगलबार ओमान प्रस्थान गर्ने नेपाली टोलीको बन्द प्रशिक्षणमा रहेका १९ मध्ये कमल सिंह ऐरी र शहाब आलम भने अन्तिम टोलीमा अटाएनन् । त्रिकोणात्मक सिरिजअघि नेपालले ओमानमै पपुवा न्यु गिनीसँग दुई ओडीआई क्रिकेट म्याच खेल्नेछ ।

नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषावकर र विक्रम सोव रहेका छन् ।

त्यसै गरी टिम पदाधिकारीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्वयस्थापक, मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाई गोहित रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.