जन सरोकार

नेपालगञ्ज विमानस्थलमा एकजना खैरो हेराइनसहित पक्राउ

नेपालगञ्जबाट काठमाडौँ लैजान लागिएको ठूलो मात्राको लागुऔषधसहित एक जनालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज विमानस्थलबाट लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित कोहलपुरका रोहन शाहलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट काठमाडौँ जान लागेको जहाजबाट लागुऔषध ब्राउनसुगर लैजान लागिएको गोप्य सूचना पाएको प्रहरीले रोहनलाई विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

विमानस्थलको यात्रु कक्षमा आराम गरिरहेका बाँके कोहलपुर नगरपालिका–११ बस्ने २५ वर्षीय रोहन शाहलाई ६४ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रनाउ घर्तीले बताउनुभयो ।

उनी नेपालगञ्जबाट काठमाडौँ यति एयरको जहाजबाट जाँदै थिए । दुई प्लास्टिकको पोकामा राखेको उक्त ब्राउनसुगरसहित पक्राउ परेका रोहनमाथि आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.