राजनीति

सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै मुलुकले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै भन्नुभएको छ- “गिरीको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ” ।

राष्ट्रपति भण्डारीले समाजवादी चिन्तक गिरीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारमा गहिरो समवेदना पनि प्रकट गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले शनिबार मात्र उहाँको उपचारमा संलग्न चिकित्सक तथा परिवारका सदस्यहरुलाई भेटेर स्वास्थ्यस्थितिका बारेमा जानकारी लिंदै शीघ्र स्वास्थ्यलामको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.