नेता गिरीको निधनबाट मर्माहत भएको छु : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले आज बिहान ट्वीट गर्दै “चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु ।”
प्रतिनिधिसभा सदस्य एवं समाजवादी चिन्तक गिरीको शनिबार राति ९ः३० उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
यसै गरी नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा ठूलो क्षति पुगेको बताउनुभएको छ ।
पैतालीस वर्ष निरन्तर गिरीसँगको गहन बौद्धिक विमर्शले आफूलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले गिरीको निधनमा निःशब्द रहेको जनाउनुभएको छ ।
“नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उहाँको निधनले ठूलो क्षति पुगेको छ”, अध्यक्ष भट्टराईले ट्वीटमा भन्नुभएको छ । उहाँले गिरीप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्