राजनीति

पूर्वप्रधानमन्त्री माधव नेपालका सातजना अंगरक्षकमा कोरोना संक्रमण

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सातजनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पूर्व प्रधानमन्त्री नेपालको परिवार र उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

यसै गरी सशस्त्र प्रहरी बल (एपीएफ)का ३४ जना खेलाडीलाई कोरोना संक्रमण भएको छ । सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दुवाकोटमा क्वारेन्टिनमा राखिएको छ । जसमध्ये कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.