जल/वातावरण

शनिबार काठमाडौंमा मात्र थपिए १ सय ६० जना, तीन जिल्लामा २ सय १६

काठमाडौं उपत्यकामा शनिबार थप २ सय १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा आएको पिसिआर परीक्षण नतिजाका आधारमा २ सय १६ जनामा संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित देखिएका हो ।

यसै गरी देशभरमा पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ स्वाब परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । शनिबारसम्म ५ लाख ९२ हजार ४ सय १८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

त्यसै गरी गत २४ घण्टामा जम्मा १ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.