राजनीति

ब्राजिल र दक्षिण कोरियाका राजदूतहरुको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र ब्राजिल र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आइतबार एक समारोहका बीच उहाँहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार गणतन्त्र ब्राजिलका लागि निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि प्रा।डा। ज्योति प्याकुरेल ९भण्डारी० ले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीको समेत सहभागिता रहेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयकहरु प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.