जल/वातावरण

२४ घण्टामा थपिए ८ सय १८ संक्रमित : कुल संख्या ३२ हजार नजिक

आइतबार देशभर गरिएको परीक्षणका आधारमा ८ सय १८ नयाँ संक्रमित थपिएका छन् । विगत २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रति भेटिएका हुन् ।

यसै गरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ । यीमध्ये काठमाडौं जिल्लामा १ सय २६, ललितपुरमा १२ र भक्तपुरका २८ जना रहेका छनु । संक्रमितहरु कहाँका हुन् भन्ने खुलाइएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थपिएको सो संख्यासंगै हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको र हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन् । संक्रमितको कुल संख्यामा निको हुनेको संख्या ५८ प्रतिशत हो ।

त्यस्तै विगत २४ घण्टामा थप ३ जनामा मृतकमा कोरोना पुष्टि भएको छ । हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ६ लाख ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । भने देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा १३ हजार १ सय ५५ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.